नियम ३८
बाटो इजाजतपत्रको प्रतिलिपि दिने
(१) ऐनको दफा ८८ बमोजिमको कारण परी बाटो इजाजतपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३९ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा ८८ बमोजिम आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई बाटो इजाजतपत्रको प्रतिलिपि दिई त्यस्को सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनु पर्नेछ ।